देश

लागू औषधसहित तीन जना पक्राउ

धनुषा, असोज १७–लागूऔषधसहित तीन जनालाई जनकपुरधाममा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका– ३ बस्ने २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– ४, जनक चोकबाट प्रतिबन्धित लागूऔषध नाइट्राभेट ट्याबलेट ९ पिससहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले चेकजाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

Featured