देश

दसैंमा सेनाले निःशुल्क बस सेवा दिने

काठमाडौं, असोज १७–नेपाली सेनाले दसैंको अवसर पारेर सर्वसाधारणका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ । दसैंको टीकाको दिन उपत्यकामा यात्रा गर्ने यात्रुलाई सहज सुविधा दिन भन्दै सेनाले विभिन्न सातवटा रुटमा बस सेवा दिने भएको हो । सेनाका अनुसार टीकाको दिन ती सातवटा रुटमा तीनवटाका दरले बस चलाइनेछ । सेनाका अनुसार एउटा रुट भद्रकालीबाट कलंकी हुँदै नागढुंगासम्म चल्नेछ । अर्को रुट भद्रकालीबाट बल्खु हुँदै कीर्तिपुर चल्नेछ ।

त्यसैगरी, भद्रकालीबाट बानेश्वर हुँदै सूर्य्विनायकसम्म चल्नेछ । अर्कोरुट भने भद्रकालीबाट महाराजगंज हुँदै बूढानीलकण्ठ जानेछ । त्यसैगरी, अर्को रुट भद्रकालीबाट महाराजजंग हुँदै साँखुसम्म चल्नेछ भने सेनाको निःशुल्क गाडीले चक्रपथ पनि परिक्रमा गर्नेछ । चक्रपथमा भद्रकालीबाट छुटेका बसहरू दोहोरो रुटमै चल्ने सेनाले जनाएको छ ।

Featured