देश

चिनियाँ राष्ट्रपति सी २५ असोजमा नेपाल आउँदै

काठमाडौं, असोज १७–चिनियाँ राष्ट्रपति सी जीन पिङले आगामी २५ असोजमा नेपाल भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सी दसैंको पूर्णिमाको अघिल्लो दिन अर्थात्र २५ असोजमा नेपाल आउने जानकारी चिनियाँ अधिकारीहरूले दिएका छन् ।

यसअघि सी ले नेपाल भ्रमण गर्ने भनिए पनि मिति भने तय हुन सकेको थिएन । भारतको भ्रमणमा निस्किएका सी २४ घण्टाका लागि नेपाल आउँदैछन् । सीको भ्रमण अन्योल भएपछि सुरक्षा निकायले दसैंमा समेत सुरक्षाकर्मीको बिदा कटौती गरेको छ । दसैंमा घर जानेहरूलाई समेत टीका लगाएलगत्तै कार्यस्थल फर्कन निर्देशन दिइएको छ । यता राष्ट्रपति सीको भ्रमणअघि सुरक्षा सतर्कता उच्च बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Featured