देश

वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, असोज १७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा भएको उक्त भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका हुन् ।

अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिका सहयोगलाई विस्तार गर्न तयार भएको बताए । भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो । रासस

Featured