देश

सी भ्रमणको सम्मुखमा किन हटाइयो बिमानस्थलका महानिर्देशक?

काठमाडौं, असोज १७–चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणको सम्मुखमा नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा महाप्रवन्धकको सरुवा गरेको छ । गोप्य सूचना सूहाएको अभियोगमा विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालय तानिएको छ ।

स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरण श्रोत भने भने नियमित प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व हेरफेर भएको दाबी गर्छ । क्षेत्रीलाई हटाएर उनको ठाँउमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइएको छ । क्षेत्रीलाई चिनियाँ राष्ट्रपतिको भ्रमण अघि बिमानस्थल रेकीको बषियमा सूचना चुहाइएको अभियोग लगाएर हटाइएको हो ।

Featured