देश सूचना/ प्रबिधि

यी ३७ जिल्लाका ६० शहरमा चल्ने भो टेलिकमको फोरजी सेवा

काठमाडौं, असोज १६–नेपाल टेलिकमले १५ असोजबाट शुरु गरेको फोरजी सेवा ३७ जिल्लाका ६० वटा शहरमा मात्र चल्ने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फोरजीरएलटीई मोबाइल सेवाको विस्तारबाट मुलुकलाई डिजिटलाइज्ड गर्न महत्वपूर्ण सहयोग पुगेको छ ।

टेलिकमका अनुसार यस्तो छ फोरजी सेवा
नेपाल टेलिकमले यस अघि काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा उपलब्ध गराउँदै आएकोमा अब सातै प्रदेशका मुख्य मूख्य शहरहरुमा उपलब्ध भएको छ । नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न मोबाइल फोन सेट र सिम कार्ड फोरजी सेवा चल्ने हुनुपर्छ । यो सेवा सुचारु गर्न कुनै शुल्क लाग्दैन, निःशुल्क सुचारु गर्न सकिन्छ । आफ्नो मोबाइल फोनवाट ८द्धद्धद्ध३ डायल गरी प्राप्त निर्देशन अनुरुप सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।

प्रयोग गरिरहेको सिमकार्डले फोरजी सपोर्ट नगरेमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रहरुबाट पुरानो सिमको सट्टा फोरजी नयाँ सिमकार्ड निशुल्क प्राप्त गर्न सकिन्छ । यो सेवाको लागि छुट्टै महसुल दर तोकिएको छैन । सस्तो प्याकेजहरुको लागि भने ८ज्ञद्धज्ञछ३ डायल गरी रोजेको प्याक लिन सकिन्छ ।

फोरजी मोबाइल सेवा सञ्चालन भएका जिल्ला र शहर
जिल्लाहरु

१. धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही, १९. सिन्धुली, २०. बागलुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५ लमजुङ ३६. सप्तरी ३७. सिराहा

शहरहरु
१. भीमदत्त २.झलारी पिप्लाडी ३.अत्तरिया ४.धनगढी ५.चौमाला ६.मसुरिया ७.सुख्खड ८.लम्की ९. टिकापुर १०.सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ्ग २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मङ्गलापुर २४.बुटवल २५.मुर्गिया २६.सुनवल २७.देवदह २८.परासी २९.बर्दघाट ३०.भरतपुर ३१.टाँडी ३२.सौराहा ३३ धादिङ्ग ३४.बिदुर ३५.धुन्चे ३६.बनेपा ३७.धुलिखेल ३८.पनौती ३९.हेटौंडा ४०.सिमरा ४१.वीरगञ्ज ४२.कलैया ४३.चरिकोट ४४.मन्थली ४५.सिन्धुलीमाडी ४६.गौर ४७.मलङ्गवा ४८.जलेश्वर ४९.जनकपुर ५०.धनकुटा ५१.धरान ५२.इटहरी ५३. इनरुवा ५४.विराटनगर ५५.दमक ५६.विर्तामोड ५७.चन्द्रगढी ५८.बेशीसहर ५९.भारदह ६०. बस्तिपुर

Featured