देश

त्रिभुवन विमानस्थल २ घन्टाका लागि बन्द

काठमाडौं, असोज १५–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल दुई घण्टाका लागि बन्द गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीस्वरुप काठमाडौंको सुरक्षा व्यवस्थापनबारे अनुगमन गर्न चिनियाँ टोली विमानस्थलमा आएसँगै विमानस्थल दुई घण्टाका लागि बन्द गरिएको हो ।

बोइङ ७४७–८०० विमानमार्फत चिनियाँ टोली दिउँसो पौने २ बजे विमानस्थल ओर्लिएको र रनवे अनुगमन र ठूलो विमान भएका कारण विमानस्थल दुई घन्टा बन्द गरिएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए । अर्को साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।

Featured