देश

लालीगुराँस सहकारी २१ वर्षमा

ललितपुर, असोज १५–पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१औं वार्षिकउत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले केक काटेर वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।

संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उहाँले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । २० वर्ष पुरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्रा्ष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश ३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो ।

यसैवीच, संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए ।

Featured