विदेश

चिनले लन्च र्गयो शक्तिशाली मिसाइल डिएफ–४१

काठमाडौं, असोज १४–चिनले आज विश्वकै शक्तिशाली मानिएको मिसाइल डिएफ(४१ लन्च गरेको छ । यो अन्तर(महाद्वीपीय मिसाइलको रेन्ज १५ हजार किलोमिटर रहेको जनाइएको छ । यो हालसम्मको सर्वा्धिक रेन्ज हो । यसले ३० मिनेटमै अमेरिकालाई आफ्नो निसाना बनाउन सक्छ ।

सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजको मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार यस परमाणु मिसाइलमार्फत एकपटम १० अलग(अलग निसाना लगाउन सकिन्छ । चिनमा कम्युनिस्ट शासनको ७० औं वर्षगाँठको अवसरमा मंगलबार नेसनल डे परेडको समयमा यसलाई प्रस्तुत गरिएको थियो । १९४९ मा चिन गणराज्य स्थापना भएको थियो । यसै कार्यक्रममा डिएफ(४१ मिसाइलसँगै कयौं नवीन सैन्य उपकरण पनि प्रदर्शन गरिए ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार नेसनल डे परेडमा चिनले पारम्परिक ड्रोनका साथै पानीभित्र काम गर्ने वाहन र अत्यन्त शीघ्रगामी ड्रोन डिआर(८ प्रदर्शन गरियो । यो ड्रोनको वेग ध्वनिभन्दा पाँच गुना शीघ्र छ । चिनसँग विश्वकै विशाल सेना छ । उससँग तेस्रो ठुलो वायुसेना पनि छ ।

चिनले यस अवसरमा विश्वसामु शक्ति परीक्षण पनि र्गयो । परेडमा करिब १५ हजार युवाले अनुशासनको परिचय दिए । करिब १६० हेलिकप्टर परेडमा समिल गरिएका थिए । हेलिकप्टरमार्फत आकाशमा चिनियाँ झन्डा लहराइयो । कार्यक्रममा एक लाखभन्दा बढी कलाकार सहभागी थिए । यीबाहेक भारी मात्रामा ट्यांक र अन्य हतियार पनि प्रदर्शन गरिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले तियानमेन चोकमा उद्घाटन भाषणमा भने, ‘कसैले पनि चिनियाँ नागरिकहरूलाई बलपूर्वक रोक्न सक्दैन र चिन तीव्र गतिमा अघि बढ्दै छ ।’ चिनका सर्वोच्च नेताका रूपमा चौथोपटक जिनपिङले यस परेडको प्रतिनिधित्व गर्दै थिए ।

Featured