देश

मुगुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण

सुर्खेत, असोज १३–मुगुको सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट उपाध्याय गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको जिल्ला प्रहरीका कार्यालय मुगुले जनाएको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Featured