विदेश

चीनमा वार्षिकोत्सवको अवसरमा १ सय ६० वटा जहाज उडाइने

चीन, असोज १३–चीनले राजधानी बेइजिङ्गमा वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ। कार्यक्रममा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार परेडमा १५ हजार सेनाले भाग लिनेछन। वार्षिकोत्सवका अवसरमा १ सय ६० वटा जहाज आकाशमा उडाइने र यस पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि भाग लिने जनाइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ मा सैनिक परेड निकाल्ने तयारीमा छ। सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ।

Featured