देश

हिमालय एयरलाइन्सलाई बेइजिङ उडानको बाटो खुला

काठमाडौं, असोज १२–हिमालय एयरलाइन्सलाई चीनको बेइजिङ उडानका लागि बाटो खुलेको छ । चीनका विभिन्न सहरमा उडानको तयारी गरिरहेको हिमालयले बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न स्लट प्राप्त गरेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

स्लट भन्नाले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि विमानस्थलले उपलब्ध गराउने समय बुझिन्छ । पत्रकार सम्मेलनमा कम्पनीले एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको जानकारी गराएको छ । हिमालयले मलेसियाको रोजगारी खुलेसँगै त्यहाँ पनि उडान विस्तार गर्ने योजना बनाएको छ ।

Featured