देश

दाङमा एक दिने साहित्य महोत्सव हुने

काठमाडौं, असोज १२–असोज १८ गते फूलपातिका दिन दाङको घोराहीमा एक दिने साहित्य महोत्सव हुने भएको छ । कार्यक्रममा दाङका साहित्यकारहरू डा.अमर गिरी, टिकाराम उदासी, नवीन विभास, विष्णु सन्न्यासलगायतले बहसमा भाग लिनेछन् । यस्तै दाङका कविहरू धनश्याम अस्तित्व, नवीन शर्मा, विकास रोका, संगीत मगरलगायतले कविता वाचन गर्ने जनाइएको छ ।

महोत्सव संयोजक नवीन अभिलाषीका अनुसार मोफसलको साहित्य र त्यसको योगदानको महत्त्व उजागर गराउन महोत्सव आयोजना गरिएको हो । यस महोत्सवले दाङ जिल्ला र आसपासको साहित्यिक माहौलमा नयाँ उत्साह सृजना गरे संयोजक अभिलाषीले बताए ।

पछिल्लो समय राजधानीबाहिर साहित्यक महोत्सव हुने क्रम बढेको छ । गत असोज ३ र ४ गते इलाममा ‘इलाम साहित्य महोत्सव’ भएको थियो भने मंसिरमा पोखरामा ‘आइएमइ लिट्रेचर फेस्टिभल’ हुँदैछ ।

Featured