NRNA खबर देश

मन्त्री भट्टराई क्यानडा भ्रमणमा, नेपाल भ्रमण गर्न स्वदेशी तथा विदेशीलाई निम्तो

काठमाडौँ, असोज १२– नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले क्यानडा भ्रमण गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्रीभट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन् ।

आइकाओको माहासभामा सहभागी हुनक्यानडाको मोन्ट्रियल गएका मन्त्री भट्टराइले शुक्रबार गैर आवासीय नेपाली संघ(एनआरएनए) क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गरे ।

छुट्टी मनाउन अन्यत्र जानुभन्दा संरारकै शुन्दर देश नेपालनै घुमेर प्राकृतिक आनन्द लिन आव्हान गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष२०२० सफल पार्न क्यानडाबासी नेपाली समुदाय एकजुट हुनु पर्ने बताए । उनले वाइडबडी एयरलायन्स लगायत केही नया ंएयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको बताए ।

टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेटहलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष२०२०मार्फत नेपाल क्यानडाका पर्यटकबिच सुमधुर सम्बन्ध स्थापना गराउन आफु लागिपरेको बताए ।

कार्यक्रममा एनआरएन एक्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका जुनसुकै ठाउँपनि घुम्न योग्य रहेकाले त्यस्ता ठाउंहरुको प्रचार प्रसार गरि पर्यटकको शान्ती सुरक्षा प्रति पनि ध्यान दिन आग्रह गरेका थिए ।

Featured