देश

मनाङमा स्कार्पियो पहिरोमा,यात्रु सकुशल

काठमाडौं, असोज १२–अविरल वर्षासँगैको आएको पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण शनिबार साँझ साढे ६ बजेदेखि मनाङ–बेंसिशहर सडक अवरुद्ध बनेको हो । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा पहिरो खसेर बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट मनाङ जाँदै गरेको बा१६च ५०६८ नम्बरको स्कार्पियो पहिरोमा परेको छ। पहिरोले स्कार्पियोको अगाडिको भाग पुरे पनि मानवीय क्षति भने हुन पाएन । स्कारर्पियो चालकसहित पाँच जना यात्रु बाहिर निस्कन सफल भएका छन् । पहिरो हटाउन आइतबार बिहानै जेसीबी मेसिनसहितको टोली खटिएको छ । ठूला ढुंगासँगै पहिरो खसेका कारण हटाउन समय लाग्ने अनुमान गरिएको छ ।

Featured