देश

कामदारको हितलाई ध्यान दिएर काम गर्छौँ : गैरे

काठमाडौँ, असोज ११–बैदेशिक रोजगार ब्यबसायी संघका नवनिर्वाचित अध्यक्ष बिष्णुप्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र व्यवसायीको अनुकुलतामा कामगर्ने बताएका हुन् ।

सरोकारवाला निकाय सँग समन्वय गरेर सम्बादका आधारमा सहकार्य गर्न आफ्नो कार्यसमिति सधै तयार रहेको पनि बताए । अध्यक्ष गैरेले अघिल्लो कार्यसमितिले गरेका गल्तिको कारण ब्यबसायी र मन्त्रालय बीच बढेको दूरीलाई घटाउने प्रतिबद्धता पनि ब्यक्त गरे । सरकारले व्यवसायीको सहमति बिना केहि ऐन संसोधन गरेको नियमावली ल्याएकोले ब्यबसायी र सरकार बीच दुरी बढेको बताए ।

गत मंगलबार भएको निर्वाचनमा अध्यक्ष गैरेको नेतृत्वमा नेपाली कांग्रेस निकट मानिएका बहुमत ब्यबसायी केन्द्रिय पदाधिकारिमा आएका छन् । अध्यक्ष गैरेले नेकपा निकट प्रगतिशिल समूहका सरोजकुमार पोखरेललाई ४८ मतले हराएका थिए ।

Featured