देश

भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा तयारी कपडा बरामद

काठमाडौं, असोज ११–काठमाडौंको बूढानीलकण्ठबाट शनिवार प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमतीमा बा५ख ६९३९ नम्बरको बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । ’भन्सार छलेर ल्याइएको लाखौंंको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक गिरीले भने ।

Featured