देश

मौसम बिग्रेपछि गृहमन्त्री चढेको हेलिकप्टर रामेछापमा अवतरण

काठमाडौं, असोज ११–मौसमी खराबीका कारण गृहमन्त्री रामबहादुर थापा (बादल)सहित उच्च सरकारी अधिकारी लिएर जनकपुर जाँदै गरेको हेलिकप्टर रामेछाप विमानस्थलमा अवतरण गरिएको छ । पदेश २ को सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन हिँडेका गृहमन्त्री थापा, गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारी चढेको सेनाको एमआई–१७ हेलिकप्टर शनिबार रामेछाप विमानस्थलमा अवतरण गरिएको हो ।

हेलिकप्टर सिन्धुलीतर्फको रुट हुँदै जनकपुर जाँदै थियो । तर, महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेकाले हेलिकप्टर रामेछापमै ल्याण्ड गरिएको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जनकपुरतर्फको मौसममा सुधार देखिएको छैन ।

Featured