देश

अमेरिकाले नेपालमाथि कसैको दबाब वा प्रभाव हेर्न चाहँदैन : राजदुत बेरी

काठमाडौँ, असोज १०–नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमाथि कसैको दबाब वा प्रभाव हेर्न नचाहेको बताएका छन् । राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गरे । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपालले आवश्यकता महसुस गरे सहभागी हुन सक्ने बताए ।

तर, त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दबाब वा प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाइ थियो । चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भइरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो मुलुकले पनि इन्डोप्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ अघि सारे पनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दबाब नदिने प्रष्टयाएका हुन् ।

उनले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि स्पष्ट पार्नुभयो । दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदूत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए ।

यस वर्ष पनि अमेरिकाले सहयोग स्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाअन्तर्गत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने राजदुत बेरीले बताए । उनले नेपालको गरिवी निवारण र आर्थिक विकासमा सहयोग पु¥याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए । राजदूत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए । राजदुत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजदुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भईरहेको र भविष्यमा समेत भइरहनै रहने पनि बताए ।

Featured