देश

नयाँ नोट सटही सुरु

काठमाडौँ, असोज १०–नेपाल राष्ट्र बैंकले दसैं तिहारका लागि नयाँ नोट सटही सुरु गरेको छ । चाडपर्वका बेला साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने भन्दै बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधाको मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले ५, १०, २०, ५० र १०० दरका नोट प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ । यसैबीच राष्ट्र बैंकले नोटमा केरमेट नगर्न तथा रातो रंग नलगाउन आग्रह गरेको छ ।

Featured