देश

रक्सीले मातेका मालपोतका हाकिम कार्यालयबाटै समातिए

जनकपुर, असोज १०–अत्यधिक मदिरा सेवन गरी मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भूपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिराको नशामा मातेका प्रमुख बोगटीलाई दिउँसो जलेश्वरस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

कार्यालयमा आएका सेवाग्राहीको काम नगरी मदिरा खाएर मातेका प्रमुख बोगटीलाई देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको टोलीले नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Featured