देश

आर्थिक चलखेलमा भर्ना गर्न लागेको भन्दै बीर अस्पतालमा बिरोध

काठमाडौँ, असोज १०–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालले आर्थिक चलखेल र आफन्त भर्तीमा २५ जना स्टाफ नर्स भर्ना गर्न लागेको भन्दै कर्मचारी संघ बिरोधमा उत्रेको छ । कर्मचारी संघले यस अस्पतालले नियम बिपरित गएर खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल र आफन्तको आडमा २५ जना स्टाप नर्स भर्ना गर्न लागेकोले बिरोधमा उत्रिएको जनाएको छ ।

उनीहरुले भर्ना सम्बन्धी कुनै विज्ञापन नै ननिकाली चुपचाप रुपमा कर्मचारी भर्ना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन् । तर अस्पताल प्रशासनले भने हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारी विहीन रहेको र तत्काल जनशक्ति अपुगका कारण विरामीको उपचारमै बाधा उत्पन्न भएपछि करारमा केही स्टाफ नर्स भर्ना गर्न नियम अनुसारनै कारवाही चलाइएको बताएको छ । तर वीर अस्पताल प्रशासनले भने शुक्रबारबाटै स्टाफ नर्सको अन्तर्वार्ता लिन थालि सकेको जनाईएको छ ।

Featured