देश

फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं, असोज १०–विभिन्न मुद्दाका फरार उदयपुर त्रियुगा नगरपालिका(१० बस्ने २० वर्षीय अबिलास राईलगायत १३ जना प्रतिवादीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूको घर, ठेगानाबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत उदयपुर गाईघाट पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कास्कीमा जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे नवबुद्ध नगरपालिका(१० बस्ने शमशेर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका बैदामबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Featured