देश राजनीति

विप्लवका उपत्यका इन्चार्ज हितमान जेल चलान

काठमाडौं, असोज १०–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज हितमान भनिने नविन विश्वकर्मालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा विश्वकर्मालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो । सो विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।

प्रहरीले विश्वकर्मा्विरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । जिल्ला अदालत ललितपुरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।

Featured