खेलकुद देश

क्रिकेट संघ (क्यान) को चुनावी अधिवेशन आजदेखि

काठमाडौं, असोज १०–नेपाल क्रिकेट संघ (क्यान) को चुनावी अधिवेशन आज सुरु हुँदैछ । नक्सालस्थित एक होटलमा सुरु हुने अधिवेशनमा पदाधिकारी चयनका लागि निर्वाचन भने भोली हुनेछ ।

निर्वाचनबाट अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बन फुकुवाको बाटो खुल्ने अपेक्षा गरिएको छ । शनिबार विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ । दुवैजना नेपाली क्रिकेटका पुराना अनुहार हुन् । विनयराज क्यानका पूर्वअध्यक्ष हुन् भने चन्द पूर्वउपाध्यक्ष भइसकेको व्यक्ति हुन् ।जिल्ला र प्रदेश गरि ५९ प्रतिनिधिले १७ सदस्यीय क्यानको केन्द्रीय कार्यसमितिका लागि मतदान गर्नेछन् ।

Featured