देश

पर्यटन आगमनमा झिनो वृद्धि

काठमाडौं, असोज १०–नेपाल भ्रमण वर्ष २०२० को पूर्वार्द्धमा पर्यटक आगमन वृद्धिदर भने सुस्तमात्र देखिएको छ । सुन २०१९ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) मा ७ लाख ४२ हजार ६ सय जनाले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले मात्रै बढी हो ।

नेपाल पर्यटक बोर्डका अनुसार हालसम्म हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ लाख पर्यटक आएका छन् भने स्थलमार्गबाट भने १ लाख २२ हजार ८ सय ३५ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured