देश

एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई सरकारको ३ लाख सहयोग

काठमाडौं, असोज ९–सरकारले एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग गर्ने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३–३ लाख रुपैयाँ सहयोग गर्ने फैँसला गरेको हो।

गत जेठ १ गते साँझ काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए। सम्साद मियाँले भदौ २० गते विदयालय जानेक्रममा मुस्कानलाई एसिड छ्यापेका थिए। एसिड आक्रमणमा परेका उनीहरू दुबैजना कीर्तिपुर अस्पतालमा उपचाररत छन्।

Featured