विदेश

ट्रम्पले गरेका टेलिफोन कुराकानीको विवरण सार्वजनिक

एजेन्सी, असोज ९–अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग लागाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइटहाउस प्रशासनसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको हो ।

जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो वाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गरेका छन् । ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासीविरुद्ध त्यस्तो अनुसन्धानको माग गरिएको विषय अस्वीकार गरेका छन् ।

एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद चर्किएको हो । ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरेका थिए । तर ह्वाइट हाउसले हिजो बिहान सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै समेटिएको छ । ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो ।

Featured