देश

विराटनगरको गुद्रिबजारका अधिकाशं मासु पसल मापदण्ड विपरित सञ्चालन

विराटनगर, असोज ९–विराटनगर महानगरपालिकास्थित गुद्रिबजारका अधिकाशं मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार गरेको अनुगमनको क्रममा विराटनगरस्थित गुद्रि बजार भित्रको मासु पसल सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हो ।

गुद्रीका आधा दर्जन बढी मासु पसलहरू मापदण्ड विपरित सञ्चालन भएको कारणले गर्दा अनुगमन टोली पुग्दा पसलका सञ्चालकहरू फरार भएका थिए । अनुगमनका क्रममा केही मासु पसल संचालकहरूले मासु बोकेर फरार भएका थिए भने केहीले त्यही छोडेर भागेका थिए । त्यही हतियार छाडेका मासु पसलमा रहेको हतियारहरू पनि खिया लागेको अवस्थामा भेटिएको थियो ।

कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । अनुगमनको नेतृत्व गरेका जिल्ला प्रसाशन कार्यालय मोरङका प्रशासकिय अधिकृत डम्बरू बल्भव बरालले मापदण्ड विपरित सञ्चालनमा ल्याएको मासु पसलका सञ्चालकहरू फरार भएको बताए । अनुगनमा निस्किएको टोलीबाटै सूचना चुवावट हुँदा गुद्रिका आधा दर्जन बढी मापदण्ड विपिरित सञ्चालनमा भएका मासु पसलका सञ्चालकहरू फरार भएका हुन् ।

अनुगमन हुनुभन्दा केसी समय अगाडी खुल्लेआम पसल अगाडी खुल्ला ठाउँमा डोरीले बाधेर मासु विक्री गर्दै आएका व्यापारी अनुगमन टोली पुग्दा मासु लुकाएर फरार भए । कोही मासु बोकेर पनि पसलका सञ्चालक भागेको स्थानिय व्यापारीहरूले बताए । ‘हामी अनुगमनमा आएलगतै अवेवस्थित रूपमा सञ्चालनमा भएको मासु पसल खुल्ला छाडेर सञ्चलाक फरार थिए,’ अनुगनमको नेतृत्व गरेर पुगेका बरालले भने, ‘मापदण्डा नगरि सञ्चालन गरेको पाइयो । अन्य ६ वटा मासु पसल खुल्ला भएइपनि सञ्चालक थिएनन् ।’ उनले सञ्चालक फरार भएका मासु पसलको नाम पनि नभएको बताए । सरकारले तोकेको मापदण्ड अनुसार खुल्ला ठाउँमा मासु विक्री वितरण गर्न पाइदैन ।

तर गुद्रीस्थित माछा लाइनका मासु व्यापारीहरूले खुल्ला ठाउँमा झिंगा भन्किने गरि माछा मासु विक्री वितरण गर्दै आएको स्थानिय उपभोक्ताहरूले बताएका छन् । अनुगमनका क्रममा पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मूल्यसूची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको पाइएको थियो । ‘मापदण्ड अनुसार माछामासु फ्रेस हाउस भित्र धुवाधुतो नलाग्ने गरि सफा र स्वस्थ हुनुपर्ने हो,’ उनले भने, ‘फरार भएका गुद्रीका केही मासु पसलले सरसफायमा ध्यान दिएको पाइएको थिएन् ।’ गुद्री लाइनको अन्य मासु पसलमा भने सरफाइ राम्रो रहेको उनले बताए ।

मापदण्ड विपरित भएको कारणले फरार भएका पसलका सञ्चालकलाई सरसफाइ र गुणस्तर सुधार गर्न पत्रचार गरिने उनले बताए । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा वाणिज्य कार्यालय विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, प्रहरी र सरोकारवालाहरूको सहभागि थियो ।

Featured