NRNA खबर देश

एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुन्छ : कुमार पन्त

काठमाडौं, असोज ८–गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तले संघको नेतृत्व सहिमतिकै आधारमा चयन हुने बताएका छन् । अध्यक्षका प्रत्याशि रहेका उनले अगामी अक्टोबर १५ देखि १७ तारिख सम्म काठमाडौँमा सम्पन्न हुने नवौँ विश्वसम्मेलनबाट नेतृत्व चयन सहमतिबाटै हुने दावी गरेका हुन् ।

केहि दिन अघि मात्र काठमाडौंमा संघको अध्यक्ष पदका लागि आफनो औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका पन्तले बेलायतबाट वर्तमान उपाध्यक्ष कुल आचार्यले समेत उम्मेदवारी घोषण गरेपनि विगतका आधारमा सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका हुन् । उनले एनआरएनएको इतिहासमा १०÷१५ मत खसीसक्दा पनि सहमतिकै नेतृत्व चयन भएको नजिर रहेकाले आगामी विश्वसम्मेलनबाट समेत सहमतिमै नेतृत्व चयन हुने दावी गरे ।

दुई कार्यकाल उपाध्यक्ष भइसकेका पन्त अध्यक्षका बलियो दावेदार हुन् । पन्त एक कार्यकाल उपाध्यक्ष रहेका आचार्यलाई मिलाएर सहमतीको प्रयासमा नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । उनले अध्यक्षका अर्का प्रत्याशि आचार्य आफ्नो घनीष्ठ मित्र भएकाले संस्थागत रुपमा सहमतिको विन्दुमा पुगेर नेतृत्व चयन गर्ने बताए ।

प्यानल र राजनीतिक पार्टीसँग आबद्धता भन्नु गलत : पन्त
अध्यक्षमा औपचारिक रुपमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरिसकेका पन्तले आफुले कुनै प्यानल नबनाएको दावी गरेका छन् । उनले आफुलाई राजनितिक दलको कार्यकर्ता र प्यानल बनाएर निर्वाचनमा होमिएको भन्नु गलत भएको स्पष्ट पारेका छन् ।

उनले एनआरएनए एक गैर राजनीतिक र गैर नाफामूलक संस्था भएको बताउँदै आफू कुनै राजनीतिक पार्टीसँग समेत आबद्ध नरहेको र आफूलाई लाग्ने गरेको आरोप मिथ्या शावित भइरहेको दावी गरे । एनआरएनको स्थापनाकालदेखि नै आफू सो अभियानमा सहभागी हुँदै आएको बताउँदै पन्तले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको र एनआरएनभित्र कुनै राजनीतिक दलको झण्डा बोकेर चुनाव समेत नलडेको बताए ।

Featured