देश

वृद्धले गरे १४ वर्षीया बालिकाको बलात्कार

Man's hand holding a woman hand for rape and sexual abuse concept, Wound domestic violence rape, concept photo of sexual assault, International Women's Day

नवलपरासी, असोज ८–पूर्वी नवलपरासीको कावासोतीमा ६५ वर्षीय जेष्ठ नागरिकले एक जना बालिकालाई बलात्कार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ घर भई हाल कावासोती–१३, गैरीमा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालेको छ । बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको समेत रहेको खुल्न आएको छ । कावासोती–१३ का वडा अध्यक्ष विनोद रानाले बालिका गर्भवतीसमेत भएको पाइएको बताए । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएका छन् ।

Featured