देश

मारुतिले १० वटा मोडलका कारको मूल्य घटायो

काठमाडौं, असोज ९–मारुतिले कारका दस मोडलको मौजुद सोरूम मूल्यमा ८ हजार रूपैयाँ घटाएको बुधबार घोषणा गरेको छ । कम्पनीले अल्टो ८००, अल्टो के १०, स्विफ्ट डिजेल, सेलेरियो, बलेनो डिजेल, इगनिस, डिजायर डिजेल, टुर एस डिजेल, विटारा ब्रेजा र एस क्रसको बिक्री मूल्य घटाएको हो ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार मारुतिले कारको मूल्य घटाएर चालु अफरलाई असर नगर्ने जनाएको छ । कर्पोरेट करमा भएको कटौतीलाई ग्राहकसम्म र्पुयाउन स्वेच्छाले कारको मूल्य घटाएको कम्पनीले जनाएको छ । यसले चाडबाडको मौसममा भर्खर कार किन्न खोज्ने मानिसहरू आकर्षित हुने र कारतर्फ ग्राहक रूचि बढ्ने कम्पनीले जनाएको छ ।

सरकारले गत साता घरेलु कम्पनीहरूका लागि कर्पोरेट ट्याक्स ३०५ बाट २२५ बनाएको थियो । यसबाट कम्पनीहरूको नाफा पनि बढ्छ । मारुतिको यस निर्णयबाट अटो र अन्य क्षेत्रका कम्पनीहरूले पनि कर्पोरेट ट्याक्स कटौतीको लाभ ग्राहकहरूसम्म र्पुयाउने अपेक्षा गर्न सकिन्छ ।

Featured