देश

कृषि विकास बैंकको चोरीः ४ करोड ८४ लाख ट्रान्सफर, ५३ लाख झिकियो

काठमाडौं, असोज ८–कृषि विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको चोरी प्रकरणमा ४ करोड ८४ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालका अनुसार सो परिमाणको रकम विभिन्न बैंकमा ट्रान्सफर भएको हो । यसमध्ये ५३ लाख रुपैयाँ झिकिएको छ ।

‘बैंकबाट ४ करोड ८४ लाख रुपैयाँ विभिन्न बैंकमा ट्रान्सफर भएको छ, यसमध्ये ५३ लाख रुपैयाँ विभिन्न बैंकबाट झिकिएको छ, बाँकी रकम जुन जुन बैंकमा ट्रान्सफर गरिएको हो, सोही बैंकमा रोक्का गरिसकेका छौं,’ कार्यवाहक उपमहाप्रबन्धक अर्यालले भने । झिकेको रकममध्ये प्रहरीले ३१ लाख रुपैयाँ बरामद गरेको छ । बाँकी रकमको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानाएको छ ।

Featured