खेलकुद विदेश

सिरी ‘ए’मा युभेन्टसको कठिन जित

काठमाडौं, असोज ८–युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको युभेन्टसले ब्रेसियालाई २(१ गोलले हराएको हो । ब्रेसियाको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस एक गोलले पछि परेको अवस्था उल्ट्याएर जित हात पारेको हो ।

चौथो मिनेटमै अल्फ्रेडोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्कियो । ६३औं मिनेटमा मिरालेम प्यानिचले गोल नै युभेन्टसका लागि निर्णयक बन्यो । जितसँगै युभेन्टस ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने ब्रेसिया ६ अंकसहति १२औं स्थानमा छ ।

Featured