देश

कृषि विकास बैंकको पैसा कैलाश विकास बैंकबाट निकालियो

काठमाडौं, असोज ८–कृषि विकास बैंकको पैसा बैंकिङ सिस्टम ह्याक गरी विभिन्न बैंकमा ट्रान्सफर गरेर चोरी गरेको पाइएको छ । बैंकबाट चोरी भएकोमध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनीस्थित शाखाबाट निकालेको देखिएको छ । सो शाखाबाट पैसा निकाल्ने मानबहादुर बुढा पक्राउ परेका छन् ।

बैंकको पैसा चोरी प्रकरण योजनाबद्ध रुपमा गरेको पाइएको अनुसन्धानका क्रममा देखिएको छ । चोरी गर्ने गिरोहले सौराहा युजर आइडीमार्फत कृषि विकास बैंकको लहान शाखाको कम्प्युटर प्रयोग गरेर नुवाकोटबाट काठमाडौंमा पैसा ट्रान्सफर गरेर काठमाडौंबाट निकालेका थिए ।

कृषि विकास बैंकबाट ठूलो मात्रामा रकम ट्रान्सफर भएपनि ५३ लाख निकालेको र त्यसमध्ये ३३ लाख बरामत भएको छ । अन्य रकम ट्रान्सफर गरिएका बैंकबाट निकाल्न पाएका थिएनन् । प्रहरीले बैंक चोरी प्रकरणको अनुसन्धान गरिरहेको छ । सो क्रममा १० जना पक्राउ परेका छन् ।

Featured