देश

चोरीका मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं, असोज ७–धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका– ४ बस्ने २० वर्षीय चन्दन साह रहेका छन् । साहले जितियाको अवसरमा धनौजी– ५ बहुअर्वा बजारमा जनकपुर उपमहानगरपालिका वडा नं. २५ बस्ने मोहम्मद कलिमले पार्किङ गरेको ज. ७ प ७०५६ नम्बरको मोटरसाइल चोरेका थिए । मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले साहलाई नगराई नगरपालिका– ७, लवटोलीचोकबाट पक्राउ गरेको थियो ।

यसैगरी, जनकपुरधाम उपमहानगरपालिका– १० स्थित पुलचोकबाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले धनौजी गाउँपालिका– १, लखौलीका १९ वर्षीय बिनोदकुमार साहलाई पक्राउ गरेको छ । ज. ९ प ६८७१ नम्बरको मोटरसाईकल चोरेर छिमेकीको गोठघरमा लुकाई राखेको अवस्थामा प्रहरीले साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

Featured