विदेश

इन्डोनेसियामा हिंसा भड्किँदा २१ जनाको मृत्यु

एजेन्सी, असोज ७–इन्डोनेसियाको पूर्वी प्रान्त पापुआको वामेना सहरमा हिंसा भड्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । धेरैजसो स्कुले विद्यार्थी सम्मिलित प्रदर्शनका क्रममा सहरका विभिन्न भवनहरुका आगजनी गरिएको थियो । मृत्यु हुने अधिकांश आगजनीपछि भवनमा च्यापिएकाहरु रहेको बताइएको छ ।

शिक्षकको रंगभेदी टिप्पणीपछि विद्यार्थीहरु आक्रोशित बनेर सडकका उत्रिएका थिए । सहरमा केही दिनयता प्रदर्शन भइरहेको थियो । स्वतन्त्रता दिवस समारोहका क्रममा पापुअन विश्वविद्यालयका विद्यार्थीले राष्ट्रिय झन्डामा क्षति पु¥याएको एउटा राष्ट्रवादी समूहको आरोपपछि प्रदर्शन सुरु भएको थियो ।

प्रान्तकै राजधानी जयापुरामा भएको अर्काे घटनामा चारजनाको मृत्यु भएको छ । पापुआ र पश्चिम पापुआ गरी दुई प्रान्तमा विभाजित पापुआ इन्डोनेसियाको एकीकृत भाग हो । तर, पापुआका धेरैजसो बासिन्दा यसमा असहमत रहेका छन् ।

Featured