काठमाडौं, असोज ७–गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसि कोषाध्यक्षमा जापनबाट उम्मेदवारी घोषणा गरेका महेश श्रेष्ठल प्रतिवद्धतापत्र सार्बजनिक गरेका छन् । अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले विभिन्न १० बुँदे प्रतिवद्धता सार्बजनिक गरेका हुन् ।
यस्तो छ श्रेष्ठको १० बुँदे प्रतिवद्धता
१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ ।
२. गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।
३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।
४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।
५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।
६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ।
७. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।
८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।
१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।
यस्तो छ श्रेष्ठको पृष्ठभुमि
विगत १३ वर्ष अघि देखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रियतापूर्वक लाग्दै आएका श्रेष्ठको जन्म बाग्लुङमा भएको हो । पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठले सोही ठाउँबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकतह सम्मको गरेका हुन् । उनले सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर सम्मको अध्ययन गरेका छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका श्रेष्ठ हाल जापानको काएचु विश्वविद्यालयबाट विद्यावारधी हासिल गर्ने क्रममा छन् । उनी जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत हुन् । श्रेष्ठ जेएनएन एग्रो कम्पनीका निर्देशक पनि हुन् ।
उनको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस, मनि ट्रान्सफर, सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेको छ । श्रेष्ठले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष भवन भट्टसम्मको एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठ एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा परिचित छन् । चिनिन्छन् ।
अनुभवका आधारमा कोषाध्यक्षका लागि योग्य छु : श्रेष्ठ
श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफु योग्य रहेको दावी गरेका छन् ।
उनी सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रियछन् । श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत भइसकेका छन् । उनले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गरेका छन् ।
एनआरएनए अभियानमा श्रेष्ठको योगदान
सन् २००७ देखि २००९ र २०१३ देखि २०१७ सम्म गैर आवासिय नेपाली संघ(एनआरएनए) को विधान संसोधन तथा निमावली निर्माण सुझाव समितिको सदस्य रहेका श्रेष्ठ २०१३ देखि २०१७ सम्म व्यपार तथा लगानी प्रवद्र्धन समितिका सदस्य र २०१७ देखी २०१९ सम्म सोही समितिको सह–संयोजकको जिम्मेवारीमा छन् । श्रेष्ठ सन् २०१७ देखि हाल सम्म नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समितिको संयोजक र एनआरएनएको विधान संसोधन तथा नियमावली निर्माण सुझाव समितिको क्षेत्रीय संयोजक समेत छन् ।
प्रतिक्रिया दिनुहोस