देश मनोरंजन

मोडेल रेश्मा घिमिरेको म्युजिक भिडियो सार्वजनिक

बिराटनगर, असोज ७–विराटनगरकी मोडेल रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक हिमाल सागर र स्मिता दहालको आवाज रहेको गीत ‘कल्लाई था छैन’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पाखरेलले सङ्गीत उनले दिएका छन् भने एरेन्ज पनि उनैले गरेका छन् । गीतको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेले अभिनय गरेका छन् । म्युजिक भिडियोको कोरियोग्राफी प्रवीण सिंह, निर्देशन सुब्रतराज आचार्यले गरेका छन् । सो म्युजिक डिडियोको छयांकन नवराज उप्रेतीले र सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । म्युजिक डिडियोमा रेश्मा र पुष्पको जोडी निकै जमेको देखिन्छ । रेश्माले यस अघि पनि अभिनय गरेका म्युजिक भिडियोले निकै चर्चा पाएका थिए ।

Featured