देश

कर्णालीमा ५ दिन विद्युत् सेवा अवरुद्ध हुने

सुर्खेत, असोज ६–कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र दैलेख जिल्लामा ५ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । कोहलपुरदेखि सुर्खेतसम्म एटी तथा एलटी लाइनको बुस कटिङ हुने भएकाले ७ असोजदेखि ११ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो । फरक–फरक दिन सुर्खेत, जाजरकोट र दैलेखमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार ७ असोजमा सुर्खेतको मंगलगढी चोकदेखि पश्चिमका क्षेत्रमा, ८ असोजमा बुदबुदी सवस्टेसनदेखि सुब्वाकुनासम्म, ९ असोजमा खजुरादेखि नेवारेसम्म र १०, ११ असोजमा सुर्खेत, जाजरकोट र दैलेखका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

विद्युत् सेवाको मर्मत र निर्माण कार्य हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए । ‘विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् आउँदैन,’ उनले भने, ‘विद्युतको केही अपग्रेडिङ गर्नुपर्ने भएकाले अवरुद्ध हुन लागेको हो ।’

Featured