देश

श्री एयरलाइन्सको घोषणा : जेष्ठ नागरिकलाई ५ सयमै यात्रा

काठमाडौं, असोज ६–श्री एयरलाइन्सले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै यात्रा गराउने भएको छ। असोज १२ गतेबाट छुट योजना लागू हुने एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार यो छुट एक उडानमा दुई जना यात्रुले पाउनेछन्।

कम्पनीले हवाइ भाडामा जेष्ठ नागरिकका लागि ल्याएको छुट योजना अनुसार ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट गरिएको छ । यो छुट रकम अफर भाडामा भने लागू हुने छैन ।

श्री एयरलाइन्सले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्दै आएको छ। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा ७० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरिसकेको छ ।

Featured