देश

मौसममा सुधार, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, असोज ६-हिजोको तुलनामा आजको मौसममा सुधार हुने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले हिजोभन्दा आज मौसम केही सुधार भएको जानकारी दिए।

‘मौसम पूरै सुधार भएको चाहिँ होइन, तर हिजोको तुलनामा आज पानी कम पर्छ,’ उनले भने।

उनका अनुसार आज पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा छिटफुट मात्र वर्षा हुने संकेत देखिएको छ।

Featured