देश

भालुको आक्रमणबाट एक जना घाइते

संखुवासभा, असोज ६–संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । भालुको आक्रमणबाट मकालु–२ बुंगिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।

शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुले आक्रमण गरी घाइते बताएको प्रहरी निरीक्षक राईले बताए । भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको पन्जा, दुबै खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । भालुको आक्रमणबाट घाइते शेर्पाको प्राथमिक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

Featured