देश

काठमाडौंमा सुत्केरी बिदा नदिने प्रधानाध्यापक पक्राउ

काठमाडौं, असोज ६-काठमाडौं असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिएको घटनाका आरोपित प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

अर्यालको उजुरीपछि टेकुको महानगरीय प्रहरी परिसरले केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए। उजुरी दिएको १५ दिनेपछि केसी पक्राउ परेका हुन्।

विद्यालयबाट बिदा स्वीकृत नहुँदा संवेदनशील अवस्थामा पनि विद्यालय आउजाउ गर्नुपरेको थियो। केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै रहेको शिशुको मृत्यु भएको भन्दै अर्यालले भदौ २२ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

यो खबर आजको कान्तिपुरमा दैनिकमा प्रकाशित छ।

Featured