देश

दसैको मुखमा तातोपानीबाट एक साता आयात रोकिने

सिन्धुपाल्चोक, असोज ६–चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनदेखि रोकिएको छ । चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो ।

चिनियाँ अधिकारीले सडक मर्मत गर्न एक साता लाग्ने र त्यतिन्जेल कारोबार रोकिने जानकारी पठाएको तातोपानी सुक्खा बन्दरगाहका भन्सार अधिकृत केशवराज ओलीले बताए ।

‘सामग्री आउन छोडेपछि भन्सार कारोबार पनि ठप्प छ,’ उनले भने । उनका अनुसार बर्खायाममा चर्किएको सडक चीनले अहिले मर्मत थालेको हो । यो सँगै चीन जोड्ने उत्तरका प्रमुख दुवै नाका बन्द हुन पुगेका छन् । बर्खाले पहिरो निम्त्याउँदा सडक अवरुद्ध हुन गई उत्तरको अर्को रसुवागढी नका पनि दुई सातादेखि बन्द छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured