देश

‘सी विचारधारा’बारे नेकपामा प्रशिक्षण : चीनको विकास मोडल सिक्दै सत्तारूढ नेकपा

काठमाडौं, असोज ६–सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ। नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो।

नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज(सोमबार)देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ । चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको तयारी भइरहेको समयमा सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको हो । स्कुल विभागमा हुने प्रशिक्षण पछि सी विचारधारालाई अवलम्बन गर्दा पार्टी बलियो हुने नेकपाको बुझाइ छ।

कतिपयले सीको नेपाल भ्रमणलाई लक्षित गरी सो विषय अगाडि सारिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासहित जज र सी विचारधारबारे सोमबार र मंगलबार राजधानीमा छलफल तय गरेको हो ।

नेकपाको यो तयारीलाई नेपालस्थित कूटनीतिक नियोगहरूले समेत विशेष चासो दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको केही समयअघि भएको नेपाल भ्रमणका क्रममा समेत सी विचारधारा अवलम्बन गर्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रमा नेपाल र चीनका तीन सय बढी नेता सहभागी हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured