देश शिक्षा

गेटा मेडिकल कलेजको ८० प्रतिशत काम सकियो

धनगढी, असोज ५–सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ । कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनका लागि गृहकार्य थालिएको हो । हाल निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष ०७७र७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य लिइएको छ । आवश्यक उपकरणसहित भौतिक न्यूनतम पूर्वाधारको काम एक वर्ष्भित्रै सक्ने लक्ष्य लिइएको छ ।

गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ । ५१. ८ हेक्टर क्षेत्रफल जमिनमा निर्माण भइरहेको गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रदेशवासीको विश्वास छ ।

Featured