खेलकुद देश

फारवेष्ट पशुपति कपको पाँचौं संस्करण ४ पुसदेखि

धनगढी, असोज ५–पाँचौं संस्करणको फारवेष्ट पशुपति कप २०७६ पुसको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता ४ पुसदेखि सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिता धनगढी रंगशालामा आयोजना गरिने आयोजकले बताएका छन् । क्लबका अध्यक्ष खेम रावतका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले अढाई लाख पाउनेछन् । चौथो संस्करणको विजेताले ४ लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो ।

२०७२ सालदेखि सुरू भएको प्रतियोगिताको पहिलो संस्करणको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाएका थिए । प्रतियोगिताको पाँचौं संस्करणमा ९ लाख नगद पुरस्कार राशि रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागत झण्डै ४५ लाख रुपैयाँ रहेको छ ।

फारवेष्ट पशुपति युवा क्लब छैटांै राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरूले विगत ५ वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।

Featured