देश

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागे कैदी

काठमाडौं, असोज ५–सवारी ज्यान अभियोगमा मुद्दा खेपिरहेका एक कैदी काठमाडौं जिल्ला अदालत परिसरबाट हत्कडीसहित भागेका छन् । सवारी ज्यान मुद्दा महानगरीय प्रहरी बृत्त गौशालाले दर्ता गराएपछि आज जिल्ला अदालतले २८ वर्षीय सनम तामाङलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि वढाउन आदेश दिएको थियो ।

अदालतको आदेश थाहा पाएलगत्तै तामाङ प्रहरी घेरावीच हत्कडीसहित भागेको प्रहरीले जनाएको छ । आज जिल्ला अदालतमा उपस्थित गराइएका तामाङ भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएलगत्तै उनी फरार भएको र खोजी जारी रहेको महानगरीय प्रहरी परिसरका एसपी अशोकबहादुर सिंहले जानकारी दिए ।

Featured