देश

बाटो काट्न सिकाउन कलाकार र एयर हेस्टेज पनि परिचालन गरिने

काठमाडौं, असोज ५–काठमाडौं भन्ने बितिकै भिडभाडको शहर भन्ने बुझिन्छ, उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन अब कलाकार र एयर होस्टेज पनि खटिने भएका छन्। स्कुल कलेका विद्यार्थी, युवा क्लब, यातायात व्यवसायी, ख्यातीप्राप्त कलाकार र एयर होस्टेजलाई परिचालन गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २३ वटा स्कुल कलेज, २ वटा युवा क्लब, १६ वटा यातायात कम्पनी, १० जना ख्यातीप्राप्त कलाकार, १२ जना एयर होस्टेजसमेत गरी ५ सय जना स्वयंसेवक परिचालन गर्ने महाशाखाको तयारी छ।

Featured